भत्ता बाँड्दै झापाको सहारा

0

२०७७, २६ आश्विन सोमबार झापा, झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ। सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता दिँदै आएको छ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत यसवर्ष झापा र मोरङ जिल्लामा ५३ लाख ७६ हजार रुपैयाँ भत्ता वितरण गरिएको संस्थाले जनाएको छ। सहकारीको विर्तामोड अनुगमन कार्यालयका अधिकृत घनश्याम रायाका अनुसार वार्षिक रुपमा एकल महिलाले आठ हजार, एकल पुरुषले छ हजार, शारीरिक अशक्तले १० हजार, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकले छ हजार, ७० वर्ष नाघेकाले आठ हजार र ८१ वर्ष नाघेका व्यक्तिले १० हजारका दरले भत्ता पाउँछन् ।

यसवर्ष ६९५ जनालाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर वितरण गरिएको अनुगमन अधिकृत रायाले बताए। सबैभन्दा बढी ४० लाख ८० हजार रकम ५१० एकल महिलालाई वितरण गरिएको छ। सहारा नेपालका एक लाखभन्दा बढी सदस्य रहेका छन्। संस्थाले सदस्यको स्वास्थ्य सुरक्षाका लागि ‘जीवन बरदान’ नामक कार्यक्रम लागू गरेको छ। यसअन्तर्गत सदस्य बनेकाले क्यान्सर, मिर्गौला, मुटुलगायतका जुनसुकै घातक रोग लाग्दासमेत उपचार खर्च पाउँछन्।

only mobile top

Leave A Reply

Your email address will not be published.