बलिउड नायिका अमृता राव आमा बन्दै

0

बलिउड नायिका अमृता राव आमा बन्न लागेकी छिन्। हालै उनी श्रीमान् अनमोलसँग एक क्लिनिक बाहिर देखिएकी थिइन्। अमृताको एउटा तस्बिर पनि सार्वजनिक भएको छ जसमा उनको बेबी बम्प स्पष्ट रुपमा देख्न सकिन्छ। उक्त तस्बिर क्लिनिकमा चेकअपका लागि खिचिएको बताइएको छ। टाइम्स अफ इन्डियाले एउटा स्रोतलाई उद्धृत गर्दै अमृता लकडाउन अघि गर्भवती भएको जानकारी दिएको छ।

उनी गर्भवती भएको कुरा उनका आफन्तबाहेक धेरैलाई थाहा नभएको पनि बताइएको छ। स्मरण रहोस्, अृमता र अनमोलले ७ वर्षसम्म एक अर्कालाई डेट गरेपछि सन् २०१६ मा विवाह गरेका थिए। उनीहरुको विवाहमा परिवार र नजिकका आफन्त मात्रै समावेश भएका थिए। अमृताको पेशागत जीवनको कुरा गर्नुपर्दा उनले फिल्म अब के बरस बाट बलिउड डेब्यू गरेकी थिइन्। यो फिल्म सन् २००२ मा रिलिज भएको थियो।

फिल्ममा उनले आर्य बब्बरसँग काम गरेकी थिइन्। यसबाहेक अमृताले साउथका थुप्रै फिल्ममा पनि काम गरिसकेकी छिन्। इश्क–विश्क र विवाहमा अमृता राव र शाहिद कपुरको जोडी अत्यधिक रुचाइएको थियो। स्मरण रहोस्, अमृता अन्तिम पटक बाल ठाकरेको आत्मवृत्तान्तमा देखिएकी थिइन्। यो फिल्ममा उनले बाल ठाकरेकी श्रीमती मिना ठाकरेको भूमिका निभाएकी थिइन्। फिल्ममा उनले नवाजुद्दीन सिद्दीकीसँग स्क्रिन सेयर गरेकी थिइन्। उक्त फिल्ममा उनको अभिनय निकै रुचाइएको थियो।

only mobile top

Leave A Reply

Your email address will not be published.