सुन्तला खादा स्वास्थ्यमा हुने फाइदाहरु

0

जाडोयाममा घाममा बसेर अमिलो, गुलियो, रसिलो सुन्तला खाँदाको आनन्द हामी बिर्सन सक्दैनौं । यसको रस शताब्दियौँदेखि औषधीय गुणका लागि चिनिने गरेको छ । सुन्तला स्वास्थ्यवद्र्धक फल हो । उपवास र सबै रोगमा सुन्तला उपयोग गर्न सकिन्छ । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ पाइन्छ ।

यसमा प्राकृतिक एन्टी–अक्सिडेन्ट हुन्छ । यसले रोगप्रतिरोधक क्षमता बढाउनुका साथै रगतको सफाइ र स्टेमिना बढाउन सघाउँछ । यो एन्टि–अक्सिडेन्टले उमेरमा वृद्घिसँगै छालामा हुने चाउरीलाई कम गर्छ । यसैले सुन्तला खाएपछि स्फूर्ति अनुभव हुन्छ । सुन्तलाको सेवनले शरीर स्वस्थ रहन्छ, छालामा निखार आउँछ र सौन्दर्यमा वृद्घि हुन्छ ।

सुन्तलामा भएको पोटेसियम, फोलिक एसिड, क्याल्सियमले कोलेस्ट्रोलको स्तर र उच्च रक्तचापलाई नियन्त्रित राख्छन् । यी तत्त्व कोषिकाहरूमा इलेक्ट्रोलाइटलाई सन्तुलनमा राखेर मुटुलाई स्वस्थ राख्न सघाउँछन् । पोटेसियमले मस्तिष्कमा अक्सिजनको सञ्चारमा सघाउँछ । यसले हामीलाई तनाव र डिप्रेसनबाट निकाल्न सघाउँछ ।

सुन्तला सुक्खा खोकीमा समेत फाइदाजनक हुन्छ । यसले कफलाई पातलो गरेर शरीरबाट निकाल्न सघाएर नाक र छातीको बाटामा आउने अवरोध हटाउँछ । सुन्तला नियमित रूपमाखानाले रुघाखोकी र रक्तस्रावको समस्या हुँदैन । शरीर सशक्त र दीर्घायु बन्छ । पाचन प्रणाली सधैँ ठीक हुन्छ ।

सुन्तलामा एन्टि–इन्फेमेन्ट्री गुण हुन्छ, जसका कारण शरीरमा इलोक्ट्रोलाइटको सन्तुलन कायम रहन मद्दत मिल्छ । यसमा भएको साइट्रिक एसिडले मूत्र र मृगौलासम्बन्धी निर्मूल गर्न सघाउँछ । नियमित रूपमा सुन्तलाको सेवनले पिसाबका माध्यमले साइट्रिक एसिडको उत्सर्जन हुने गर्नाले पीएच स्तरमा सुधार हुन्छ । यसले मृगौलाको क्याल्सियमलाई फयाँक्न सघाउँछ ।

यसै कारण मृगौलाको पत्थरीको जोखिम कम हुन्छ । अर्थात्, सुन्तलाको रसले मृगौलामा क्याल्सियमको ओक्सलेटस्लाई एक ठाउँमा जम्मा हुन दिँदैन र पत्थरीको सम्भावना न्यून हुन्छ । सुन्तलाको रस क्याल्सियम अक्सलेटलाई तोड्नसमेत सहायक हुने विश्वास गरिन्छ ।

यसैले प्राचीनकालमा पत्थरी रोगबाट पीडितलाई औषधिकै रूपमा सुन्तलाको रस खाने सल्लाह दिइने आयुर्वेदमा उल्लेख छ । सुन्तलाको बोक्रासमेत गुणकारी मानिन्छ । सुकेका बोक्रा पिँधेर अनुहारमा लेपन गर्दा दाग, कालो पोतो हट्नुका साथै अनुहार टल्किन्छ । बालबालिका, बूढापाका, रोगीहरूलाई दुर्बलता हटाउन सुन्तला उपयोग गर्ने सल्लाह दिइन्छ । आयुर्वेदअनुसार, सुन्तलाको नियमित सेवनले पाइल्स रोगमा समेत लाभ पुग्छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.