रङ्गेहात पक्राउ थोरै होइन ३ लाख २० हजार घुस, अरु होइन मालपोतकै दुई कर्मचारी !

0

दाङ । ३ लाख २० हजार रुपैयाँ घुस लिदै गरेको अवस्थामा मालपोतका नासु र कार्यालय सहयोगी पक्रा,उ परेका छन । मालपोत कार्यालय दाङ तुलसीपुरको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा आज रङ्गेहात पक्रा,उ परेका हुन ।

जग्गा नाप, जाँच गरी पुर्जा बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको छ ।

यता मालपोत कार्यालय प्रमुख नरेशकुमार खड्काले कर्मचारी पक्राउ परेको आफुले पनि सुनेको तर को हो भन्ने एकिन जानकारी नभएको बताउनुभयो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको आयोगको कार्यालयले जनाएको छ ।

only mobile top

Leave A Reply

Your email address will not be published.