लकडाउनमा पत्निसँग झग’डा पर्दा रिसको झोंकमा ४५० किलोमिटर पैदल हिँडेपछि…

0

इटालीमा एक व्यक्तिले पत्निसँग झगडा परेपछि मन र दिमाग शान्त पार्नका लागि घरबाट निस्किए । उनी पैदल हिँडेर ४५० किलोमिटर टाढा पुगे । इटालीको सामाजिक सञ्जालमा यी व्यक्ति निकै भाइरल हुन पुगे । उनलाई मानिसहरु फरेस्ट गम्प पनि भन्न थाले । फरेस्ट गम्प सन् १९९४ को एक पात्र थिए जो पूरा अमेरिकामा हजारौं माइल दोडिएका थिए ।

यता इटालियन यी व्यक्तिलाई रातको २ बजे प्रहरीले एड्रियाटिक तटमा फेला पारे ।उनी एक हप्तासम्म हिँडेर उक्त तटमा पुगेका थिए । ४८ वर्षीय यी व्यक्तिलाई प्रहरीले कफ्र्युको उल्लंघन गरेको आरोपमा ३८५ अमेरिकी डलर जरिवाना समेत लगाएको छ । यी व्यक्तिको बारेमा सर्वप्रथम बोलाग्नास्थित एक पत्रिकाले जानकारी दिएको थियो । तर एकदमै द्रुत गतिमा यी व्यक्ति इटालीको सबै सञ्चारमाध्यममा छाए ।

सामाजिक सञ्जालमा केही मानिसले यी व्यक्तिलाई हिरो भन्दै उनीमाथि लगाइएको जरिवानाको आलोचना समेत गरे । ती व्यक्तिले प्रहरीलाई भने, म यहाँ पैदल आएको हुँ । मैले कुनै गाडी चढेको छैन । बाटोमा मैले मानिसहरु भेटेँ, जसले मलाई खाना र पानी दिए । दिनहुँ ६० किलोमिटर हिँड्थे । प्रहरीले उनलाई रातमा भौतारिँदै गरेको र तटीय हाइवेमा जाडोका कारण काँप्देै बसेको अवस्थामा फेला पारेका थिए ।

only mobile top

Leave A Reply

Your email address will not be published.