आज मुसिकोटमा थप १५ जनामा कोरोना पुष्टी, २ जना संक्रमण मुक्त

0

केहरसिंह राना २०७८ जेठ ७ शुक्रबार, गुल्मी । दुई जना कोरोना मुक्त भएकै दिन आज मुसिकोट नगरपालिकामा थप १५ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ । पालिकाको वडा नं. ७ वामी रहेको रुद्रावती बहुमुखि क्याम्पसको आइसोलेसन वार्डबाट दुई जना संक्रमण मुक्त भएका स्वास्थ्य शाखा संयोजक जिसीले जानकारी दिए ।

यसैविच रुद्रावती बहुमुखी क्याम्पसको आइसोलेसनमा आज एक जना महिला मात्र थपीएकोले अब एक जना मात्र रहेको पनि स्वस्थ्य संयोजक जिसीले बताए । संकास्पद लक्षण देखिएका २७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाउँ स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिका र बडिगाड गाँउपालीका २ जना गरी १५ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको नगरपालिकाका स्वाथ्य शाखा संयोजक डिवि जिसीले जानकारी दिए ।

सक्रंमण पुष्टी हुनेमा मुसिकोट नगरपालिका वडा नम्बर ७ का १ जना पुरुष, ६ जना महिला , वडा नं.२ का १ जना पूरूष, वडा नं. ५ का १ जना महिला, १ जना पुरुष वडा नं. ८ का १ जना पुरुष, १ जना महिला,वडा नंं.९ का १ जना पुरुष र बडिगाड गाउपालीका वडा नं. २ का १ जना महिला,१ जना पुरुष रहेका छन ।

आज कोरोना पुष्टि भएका सहित कोरोना भाईरसको दोस्रो भेरियन्टबाट मुसिकोट नगरपालिकामा हाल सम्म १ सय ५० जना संक्रमित भएका छन भने हाल सम्म संक्रमणका कारण ५ जनाको ज्या*न गुमाएका छन ।

आज संक्रमण मुक्तभएका २ जना सहित नगरपालिकामा ४९ जना संक्रमित कोरोना मुक्त भईसकेका छन भने अहिले पालिकाभर ९६ जना सक्रिय संक्रमित रहेका छन । संक्रमितको अबस्था सामान्य रहेकोले अहिले धेरै जसो होम आइसोलेसनमा रहेको समेत कम्पुयुटर अपरेटर दिपेश रानाले जानकारी दिए ।

only mobile top

Leave A Reply

Your email address will not be published.